Sunday, September 27, 2026
Home प्रदेश अवैधानिक रुपमा यूएई बसेका थप एक महिना छुट

अवैधानिक रुपमा यूएई बसेका थप एक महिना छुट

286

मंसिर २,
काठमाडौं । भिषा अवधि सकिएर अवैधानिक रुपमा यूएई बसेका विदेशी नागरिकहरुलाई यूएई सरकारले थप एक महिने आममाफी (छुट) दिएको छ। गत मार्च-१,भन्दा पहिले भिषा अवधि सकिएर अवैधानिक बनेका विदेशी नागरिकहरुको हकमा यो नियम लागू हुने यूएई सरकारलाई उदृत गर्दै गल्फ न्युजले समाचार छापेको छ। गत मार्च १, तारिख भन्दा अधि भिषाको म्याद सकिएको विदेशी नागरिकलाई यूएई सरकारले (आज) अर्थात् १७, नोभेम्वर २०२० सम्म तोकेको आम माफी ३१ डिसेम्बर २०२० सम्मको लागि बढाएको हो। यसैगरि ओभर स्टेको जरिबाना तथा अन्य कागजातहरु वर्क परमिट र इमिरेटस आइडीमा लाग्ने फाइन समेत माफ हुने आइसिएले जनाएको छ। परिवर्तित नियमले यूएईमा अवैधानिक रुपमा बसेका धेरै नेपालीहरुले पनि लाभ लिन सक्ने अनुमान गरिएको छ।