आज दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै

214

मंसिर ३,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने भनिएको थियो । तर, अहिले सो बैठक एक घण्टापछि २ बजे बस्ने जानकारी प्राप्त भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए । आज एक बजे बालुवाटारमा नै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बस्ने तय गरिएको थियो ।