माउथवासले कोरोनाभाइरसलाई नष्ट पारिदिन सकछ

180

मंसिर ३,
काठमाडौं । माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो ।माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कुरा कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् । बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट सार्वजनिक भएको हो ।
डा. निक क्लेडनले यो अनुसन्धानपश्चात् माउथवास अब मानिसहरुको दैनिक रुटिनको महत्वपूर्ण हिस्सा बन्ने अनुमान गरेका छन् । र्‍यालमा भएको भाइरसलाई माउथवासले मार्न सक्ने कुरा अनुसन्धानले बताएपनि यो कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न सकिने कुरामा कुनै प्रमाण भने भेटिएको छैन । किनभने माउथवास श्वासनली र फोक्सोसम्म पुग्न सक्दैन । -एजेन्सी