कोरोना १७ जनाको मृत्यु, ५०२ जना संक्रमित, २८७८ जना डिस्चार्ज

94
फाइल तस्विर

मंसिर २,
काठमाडौं । पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका हुन् । पछिलो २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको छ । उपत्यकामा थप ३३९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुर १२ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । पछिल्लो २४ घण्टामा २८७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४७ जना पुगेको छ ।