नेकपाका शुभचिन्तक भन्छन्ः एकता भावनात्मक हिसाबले पनि पूर्ण होस्

347

मंसिर ४,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यतिबेला शक्ति संर्घष चलिरहेको छ । दुई अध्यक्ष रहेको यो सत्ताधारीपार्टीको विवादले आम कार्यकता र शुभचिन्तकलाई कस्तो लागिरहेको छ ? पूर्ण रुपमा पार्टी एक नहुदैं नेकपामा संकट देखिपछि के भन्छन् शुभचिन्तक, कार्यकर्तासंग हामीले लिएको प्रतिक्रिया हेरौं ।

‘पार्टी एकता भन्दापनि ए कता जस्तो भएको छ, सामाजिक संजालमा हेर्दा मथिल्लो तहदेखी तल्लो तहसम्म सबैले एक अर्का माथी गर्ने टिक्का टिप्पणीले साधारण व्यक्तिलाई पनि यो एकता कागजमामात्र हो जस्तो लाग्न थालेको छ । दुई पार्टी एक भएपनि नेताहरुको मन जोडीएको छैन आशा गरौं मनसंग मन जोडिनेछ, हामी जस्तो साधारण कार्यकर्ताले पनी एकताको महसूस गर्न सकौं । अहिलेसम्म गणितीय हिसाबले भएको एकता भावनात्मक हिसाबले पनि पूर्ण होस् भन्ने लाखौ कार्यकर्ता र नेकपा लाई माया गर्नेहरु भावना रहेको छ । पार्टीका माथिल्लो तहका नेताहरुले शुभचिन्तक र कार्यकर्तालाई एकताको विश्सनियता दिलाउन नसके आगामी दिनमा नेकपाले ठुलो घाटा व्यवर्होनु पर्दछ । ’ –प्रवेश तिमल्सिना, सूर्यविनायक–८, भक्तपुर

‘जुन उद्देश्यका साथ एमाले र माओवादी मिलेर नेकपा बनाए त्यो पूरा हुने संकेत नदेखिनु हामी सबैकोलागि नराम्रो पक्ष हो । दुई तिहाइ जनमत प्राप्त पार्टीले जनताका काममा भन्दा नेताका झगडा मिलाउन धेरै समय खर्च गर्नु राम्रो होइन् । भोट दिएकाहरुलाई बेकारमा दिएछु भन्ने अवस्था आउनु भनेको पार्टीप्रति निराशा छाउनु हो । एकतालाई पूर्ण गरेर पार्टी संगठनलाई बलियो बनाउनु पर्ने समयमा पार्टी फुट्यो की भनेर दिनदिनै समाचार हेर्नु पर्ने अवस्था आएको छ । मिलेर गए पाटीर्, नेता र देश सबैको भलो होला जस्तो लाग्छ । ’ –मुकुन्द घोरासैने, भक्तपुर–१०, भक्तपुर

एकता भन्ने कुरा हामीलाई अहिलेसम्म थाहा भएको छैन, हामीले महशुस गर्न सकेका छैनौं । नत माओवादीका नेता आएर भने न एमालेकै नेता आएर पार्टी एकताबारे गाउँमा बुझाउन सके । जिल्लाले के भन्यो भने हामी जिल्लामा एकिकृत भयौं वडा र नगरमा एकता ल्याउदै छौं । तर, त्यो एकता अहिलेसम्म आइपुगेको छैन । पार्टीको नगर र वडा तहमा एकता पूर्ण रुपमा नहुदाँ जनप्रतिनिधीहरुले मनोमानि गरिरहेका छन् । पार्टीको चुनावी एजेन्डा र घोषणापत्र विपरित विकाश बजेट खर्च गरिरहेका छन् । पार्टी कार्यकर्ताहरु निस्कृय र भूमिका विहिन अवस्थामा पुग्नु भनेको नेकपाको भविष्य अध्यारो हुनु हो । –अमृत बस्नेत, चाँगुनारायण–५, भक्तपुर