कार्तिक ४, काठमाडौ । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ...
कार्तिक ३,
भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवदुर्गा देवगण बालकृष्ण वनमाला(भद्रकाली)ले विगत दुई वर्ष अगाडी नवदुर्गा मन्दिरको विभिन्न कार्यमा सहभागी हुनेलाई भोज खुवाउदा लागेको ऋण कसैले नतिरिदिएको गुनासो गरे । उनले राष्ट्रपति समक्ष भने ‘विगतमा सबैले सहयोग गर्छौ भोज खुवाउनुस भन्नु भयो दुई वर्ष भो कसैले दिनु भएन ।’१ लाख ३५ हजार खर्च भएकोमा ८५ हजार...
कार्तिक ३,
काठमाडौं । वर्षाका कारण पहिरो जाँदा बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँ का धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी र उनकी श्रीमती चन्द्रा गिरीको तथा खप्तड छान्ना गाउँपालिका–५ का धनराज जोशी छन् ।खप्तड छान्ना गाउँपालिकाका वीरेन्द्रबहादुर सिंहका अनुसार...
कार्तिक २, बझाङ। अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालङ्गा नदी र बाहुली खोलालगायत साना ठूला खोलामा पानीको बहाव बढेको छ ।नदीमा पानीको वहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले सूचना प्रकाशित गरी बाढीले खतराको सङ्केत नजिक पुगेकाले सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ ।
कार्तिक २ काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहानका लागि निर्धारित लुक्लाका अधिकांश उडान रद्द भएका छन् । विराटनगर र जनकपुर विमानस्थल भर्खरै खुलेका छन् ।झापाको भद्रपुर विमानस्थल र पोखरा विमानस्थल भर्खरै खुलेसँगै उडान शुरु भएको छ । उचाई चलचित्रको सुटिङमा रहेको बलिउड कलाकारहरुको टोलीलाई...
कार्तिक २, धनगढी । लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् ।कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका हुन् ।बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा...
कार्तिक १, चितवन। चितवनको नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् । नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
असोज ३१, काठमाडौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन् ।‘कुन विधि, कसको लागि, मापदण्ड एउटा पात्र छनोट अनेक खल्तीबाट...
असोज ३१, काठमाडौं । दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । दशैं विदा सकिएसँगै विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ ।दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका नाकाहरुमा दशै मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको आभास मिल्छ ।काठमाडौं उपत्यकामा...
असोज ३१, लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या एक सातामा २४ प्रतिशतले वृद्धि भएको छ । इंग्ल्याण्डमा हरेक ६ जनामध्ये एक जना संक्रमित रहेको राष्ट्रिय तथ्यांकको कार्यालयले जनाएको छ । यसैगरी वेल्समा ४५ जनामा एकजना, स्कटल्यान्डमा ८० जनामा एक र नर्दन आयरल्याण्डमा १२० जनामा एकजना संक्रमित हुने गरेको राष्ट्रिय तथ्यांकले उल्लेख गरेको छ ।विगत केही दिनयता दैनिक संक्रमितको...










