नवदुर्गाका देवगणलाई भएन कसैको सहयोग, परम्परा जोगाउ सकस

360

कार्तिक ३,
भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवदुर्गा देवगण बालकृष्ण वनमाला(भद्रकाली)ले विगत दुई वर्ष अगाडी नवदुर्गा मन्दिरको विभिन्न कार्यमा सहभागी हुनेलाई भोज खुवाउदा लागेको ऋण कसैले नतिरिदिएको गुनासो गरे । उनले राष्ट्रपति समक्ष भने ‘विगतमा सबैले सहयोग गर्छौ भोज खुवाउनुस भन्नु भयो दुई वर्ष भो कसैले दिनु भएन ।’

१ लाख ३५ हजार खर्च भएकोमा ८५ हजार पेश्की स्वरुप पाएको तर, अन्य बाकीँ रकम नपाएको उनले बताए । देवगण करिब ८ महिना देवताको लागि भनेर खटिने गरेको कुनै निकायले सहयोग नगर्ने गरेको उनीहरुको भनाई । दैनिक खटिएर परम्परा जोगाउदैँ आएका उनीहरुलाई भविष्यमा यसलाई जिवन्त राख्न समस्या हुने भो की भन्ने चिन्ता परेको छ ।
भण्डारीले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा भक्तपुरको प्रसिद्ध नवदुर्गा भवानीको मन्दिरमा सरीक भई पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छिन् । बुधबार मध्याह्न उनले राष्ट्रप्रमुखका रूपमा प्रसाद ग्रहण गरेकी हुन् ।
राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकीले नवदुर्गाको पूजा एवं दर्शन गराएका थिए । नवदुर्गाका पुजारीले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका छन् ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको मूर्ति अवलोकन गरेकी छिन् । गणलाई प्रति व्यक्ति १ हजार ५ रुपैयाँ दक्षिणा समेत प्रदान गरेकी थिइन् ।
राष्ट्रपति नवदुर्गा मन्दिरमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, सांसद महेश बस्नेत, प्रदेश सांसद शसिजंग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवर, चाँगुनारायण नगरका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका नगरप्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमिका प्रमखु मदन सुन्दर श्रेष्ठ, उपप्रमुख अन्जना मधिकर्मी, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजालगायतले स्वागत गरेका थिए ।