असोज ३१, सिन्धुपाल्चोक । वर्षाका कारण मेलम्ची-इन्द्रावती जोड्न बनाइएको अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो ।मोटरबाटोमा गएरातिको वर्षाले पुनः क्षति पुर्याएपछि सडक अवरूद्ध भएको हो । मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यस्तै मेलम्ची दुवाचौर...
असोज ३०, काठमाडौं। मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । विगतका वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए ।
असोज ३०, काठमाडौ । देशका विभिन्न भागमा भएका दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भोलहीस्थित सडकमा ना.३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको कारलाई गएराति ठक्कर दिँदा कारमा सवार चालक मोतिहारी पूर्वी चम्पारन भारत घर बस्ने ३४ वर्षीय राजन सराफ सहित ३ जनाको मृत्यु भएको छ...
असोज ३०, काठमाडौं । रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप भएको छ। झडपमा प्रहरी सहायक निरीक्षक (असई)सहित ७ जना प्रहरी घाइते भएका छन्।शुक्रबार राति खलंगाको बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।रुकुमका प्रहरी निरीक्षक कपिल शाहीका अनुसार घाइते प्रहरी सहायक निरीक्षक बोहरा...
असोज २७, काठमाडौ । देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा १२ जनको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका-४ पन्चधुरा मन्दिर जाने गेट अगाडि सडकमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकल र ज.१२ प २९६१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकलका चालक...
असोज २६, काठमाडौ । रोल्पाका पुराना काँग्रेस नेता पूर्णबहादुर बुढालाई आफ्नै भाइले घाँटी रेटेर हत्या गरेको खुल्न आएको छ । रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षीया बुढा आफ्नै घरमा सोमबार बिहान करिब ११ बजेको समयमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका थिए । बिहान अबेरसम्म ढोका नखुलेपछि स्थानीयले ढोका खोलेर हेर्दा उनलाई त्यस्तो अवस्थामा फेला पारेका थिए । प्रहरीले अनुसन्धान...
असोज २६,मुगुमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । यस्तै २४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा...
असोज २६,
काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ...
असोज २५, काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।
असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो । योसँगै अब निफ्राले आफ्ना...
असोज २०, काठमाडौँ – साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा आएको छ । शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो । कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्र सहित प्रस्तुत गरिएको छ । सङ्ग्रह गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका कथाहरु सङ्ग्रहित...









