बेलायतमा कोरोना संक्रमणमा वृद्धि

58

असोज ३१, लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या एक सातामा २४ प्रतिशतले वृद्धि भएको छ ।​ इंग्ल्याण्डमा हरेक ६ जनामध्ये एक जना संक्रमित रहेको राष्ट्रिय तथ्यांकको कार्यालयले जनाएको छ । यसैगरी वेल्समा ४५ जनामा एकजना, स्कटल्यान्डमा ८० जनामा एक र नर्दन आयरल्याण्डमा १२० जनामा एकजना संक्रमित हुने गरेको राष्ट्रिय तथ्यांकले उल्लेख गरेको छ ।

विगत केही दिनयता दैनिक संक्रमितको संख्या ४० हजारभन्दा माथि रहँदै आएको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ४३ हजार ४२३ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । बिहिबार ४५ हजार भन्दा बढी संक्रमित थिए भने शुक्रबार ४४ हजार ९३२ जना संक्रमित भएका थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ८४ लाख ४ हजार ४६९ पुगेको छ ।