आजबाट सरकारी कार्यालय खुल्ने

333

असोज ३१, काठमाडौं । दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । दशैं विदा सकिएसँगै विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ ।

दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका नाकाहरुमा दशै मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको आभास मिल्छ ।

काठमाडौं उपत्यकामा आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।