Saturday, July 18, 2026
Home Blog Page 976
माघ २२,काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी रूपान्तरणका लागि ११ बुँदे प्रस्ताव गरेका छन्।आचार्यले पार्टीलाई गति दिन रूपान्तरणको प्रस्ताव अघि सारेकाे बताएका छन्। उनले अघि सारेको ११ बुँदे प्रस्तावमा अनलाइनबाट पार्टी सदस्यताका लागि दरखास्त दिन सकिनेदेखि भ्रष्टाचारविरुद्ध सदाचार अभियानको नेतृत्त्व गर्नेसम्म रहेको छ।घरदैलो संवाद, पार्टी प्रवेश र आधारभूत प्रशिक्षणलाई एकीकृत अभियानका रूपमा अघि बढाउन उनले...
माघ २२,काठमाडौं : 'माफिया क्विन अफ मुम्बई' को उपनामले चिनिने गंगा हरजीवनदासको जीवनीमा आधारित फिल्म 'गंगुबाई काठियावाडी'को ट्रेलर सार्वजनिक भएको छ।सञ्जय लीला भन्सालीको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो। आफन्तबाटै बेचिएर यौन व्यवसायी बनेकी गंगा पछि गंगुबाई काठियावाडीको नामले चिनिएकी थिइन्।सन् १९६० को दशकमा राजनीतिक शक्तिका रुपमा उदाएकी उनको सन् २००८ मा निधन भएको थियो।...
माघ २२, काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले मधेश प्रदेशमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन्।गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा मधेशका प्रदेशका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक...
भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका एक जना वडाअध्यक्षले आफुले प्राप्त गरेको तलब दिए विद्यालयलाई दान दिएका छन् । नगरपालिकाको वडा न. –८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछिको पाँच वर्षे कार्यकालमा पाएको सेवा सुविधा तथा पारिश्रमिक विद्यालयलाई सहयोग गरेका छन् । वडाध्यक्ष थापामगरले आफ्ना स्वर्गीय हजुरबुबा जगत र बुबा भैरव थापामगरको नाममा ‘जगत भैरव प्रतिष्ठान’ नामक संस्था स्थापना...
माघ २१, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार आईपीओ निस्कासन सुरु गरेको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निस्कासन गरेको कूल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १००...
माघ,२१काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका परियारलाई सत्ता सम्हालेको सात महिनापछि देउवाले प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
माघ,२१काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कुल ११ हजार ०७३ जनाको परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको हो ।यस्तै, पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट गरी ८ हजार ८४५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। यसै...
माघ,२१कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह भोलि नेपाली काँग्रेसमा प्रवेश गर्ने बत्ताउनुभएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह भोलि आर्थात शनिवार नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्ने जानकारी दिनुभएको छ । नगर प्रमुख शाहले आफ्नो फेसबुक वालमा लेख्दै सो जानकारी दिनुभएको हो ।उहाँले भन्नुभएको छ की मेरा प्यारा नगरवासी तथा नेपाली काँग्रेस...
माघ ,२१काठमाडौँ । १२ वर्षअघि श्रीमतीलाई दिल्लीको कोठीमा बिक्री गरेको आ’रोपमा रुकुमका खगेन्द्र वली प’क्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई उक्त आ’रोपमा प’क्राउ गरेको हो । १२ वर्षअघि निद्रा लाग्ने औषधी खुवाएर बेहोस बनाई आफूलाई दाङ हुँदै दिल्ली लगिएको पीडितको उजुरीका आधारमा उनी प’क्राउ परेका हुन् । पछि दिल्लीमै होटल चलाउने एक नेपालीको सहयोगले आफु...
माघ २०,हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ।बिहीबार नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पाण्डेको अभिव्यक्तिप्रति खेद प्रकट गरेका हुन्।पाण्डेले पदीय मर्यादा विपरित गैरजिम्मेवार र गैरकानुनी अभिव्यक्ति दिएको उनको दाबी छ। मंगलबार बागमती प्रदेशसभाको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सरकारले खर्च नगरे कसले...