माघ २५,काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ।
माघ २६ गते बुधबारका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको छ। साथै सभामुखले नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य ७८ वर्षीय जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । अमेरिकी सहयोग परियोजना...
माघ २४,विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तीन महिनापछि आइतबार जम्बो मन्त्रिमण्डल विस्तार गरे।आठ जना मन्त्री थप गर्दै बनेको मन्त्रिमण्डल १४ सदस्यीय बनेको छ। जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन्। मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट तीन जना, माओवादी केन्द्रबाट दुई मन्त्री र आफ्नै दल नेकपा (एकीकृत समाजवादी)बाट तीन जना मन्त्री नियुक्त गरेका थिए।
सत्तारुढ गठबन्धनलाई भाग पुर्याउन...
माघ २४,हेटौंडा : बागमती प्रदेश सरकारले मंगलबारदेखि भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ।प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरि प्रदेशका भेडाबाख्रामा लाग्ने पिपिआर नियन्त्रण गर्न सबै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो।भेडाबाख्रामा लाग्ने घातक र संक्रामक रोग हैजा अर्थात पिपिआरको औषधि उपचार नभएकाले रोगबाट...
माघ २४,दाङ : माघे झरीले तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको शिवशक्ति इँटा उद्योग केही दिनको बेमौसमी वर्षाका कारण क्षति पुगेको छ।भट्टा पकाउनको लागि तयार भएका इँटाहरू नोक्सान हुँदा करिब डेढ करोडको क्षति भएको उद्योगका मेनेजर प्रेम बस्नेतले बताए। उनले भने, ‘अहिलेको समय इँटाहरू उत्पादन हुने हो। तर, पटक पटकको बेमौसमी पानीका कारण उद्योगमा तयार भएका...
माघ २३,काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई लिएर पछिल्लो समय नेपाली राजनीति तरंगित बनेको छ। एमसिसी संसद्बाट पारित गराउने या नगराउने भन्ने विषयमा पाँचदलीय सत्ता गठबन्धनमै कुरा मिल्न सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी अगाडि बढाउने बल गरे पनि सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव...
माघ २३,सुर्खेत : नेतृत्व परिवर्तन भएको तीन महिनापछि आज (आइतबार) कर्णाली सरकारले पूर्णता पाउने भएको छ। लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय शीर्ष नेताले विवाद समाधान गरेका हुन्। केन्द्रको परिपत्रअनुसार मन्त्रालय भागबण्डा मिलेपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। उनका अनुसार आज साँझ...
काठमाडाैं : साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएकाे छ। आज बजार ४०.५७ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार ८३६.१७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले घटेर ५३१.९२ को विन्दुमा झरेकाे छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज जीवन बीमा समूह ३.५७...
माघ २३,काठमाडौं : सरकारले भिजिट भिसाको नाममा चर्काे शुल्क असुली कामदार पठाउने म्यानपावर कम्पनीमाथि कारबाही थालेको छ। म्यानपावरमार्फत विभिन्न प्रलोभनमा परी विदेश गएका नेपाली अलपत्र पर्न थालेसँगै सरकारले गैरकानुनी काम गर्ने व्यवसायीलाई कारबाही थालेकाे हाे।लामो समयदेखि म्यानपावर व्यवसायीले भिजिट भिसामा चर्को शुल्क असुली कामदारलाई विदेश पठाइ रहेका छन्। रोजगारीको प्रलोभन देखाई विदेश गएका युवाहरू अलपत्र पर्न थालेसँगै श्रम...
माघ २३,
काठमाडौं : काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो।सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन्। कोभिड संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै...
माघ २२,काभ्रे : बनेपा, धुलिखेल, नमोबुद्ध, चौरीदेउराली, भुम्लु, बेथानचोकलगायत क्षेत्रमा हिमपात भएको छ। यसअघि हिउँ खेल्न नारायणस्थान, दोलाखको भिमसेनस्थान र रामेछापको शैलुङमा पुग्ने काभ्रेवासीहरू यसपटक सहरनजिकै हिउँ परेपछि रमाएका छन्।हिउँमा रमाउँदै गरेकी विष्णुमाया तामाङले गाउँमै हिउँ परेसँगै हिउँमा खेल्ने रहर पूरा भएको बताइन्। त्यस्तै‚ पत्रकार क्रान्ति दोङले हिमपातले जनजीवन प्रभावित भए पनि आफूलाई भने हिउँमा रमाउन पाउँदा खुशी...










