श्रीमतीलाई कोठीमा बेचेर सालीसँग बिहे गर्ने वली प’क्राउ

151

माघ ,२१

काठमाडौँ । १२ वर्षअघि श्रीमतीलाई दिल्लीको कोठीमा बिक्री गरेको आ’रोपमा रुकुमका खगेन्द्र वली प’क्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई उक्त आ’रोपमा प’क्राउ गरेको हो ।
१२ वर्षअघि निद्रा लाग्ने औषधी खुवाएर बेहोस बनाई आफूलाई दाङ हुँदै दिल्ली लगिएको पीडितको उजुरीका आधारमा उनी प’क्राउ परेका हुन् । पछि दिल्लीमै होटल चलाउने एक नेपालीको सहयोगले आफु कोठीबाट बाहिर आएको उनले बताएकी छिन् ।प’क्राउ परेका वलीले भने आफूले श्रीमतीलाई बिक्री गरेको नभई उनी दिल्लीमा हराएको बताएका छन् । आफूले पटक पटक खोजी गरे पनि नभेटेको उनको दाबी छ । पछि उनले साली नाता पर्ने युवतीसँग बिहे गरेका थिए ।