Wednesday, September 23, 2026
Home राजनीति संसद बैठकको कार्यसूची सार्वजनिक

संसद बैठकको कार्यसूची सार्वजनिक

39

माघ २५,

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ।
माघ २६ गते बुधबारका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको छ। साथै सभामुखले नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य ७८ वर्षीय जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । अमेरिकी सहयोग परियोजना एमसिसी टेबल हुने चर्चा भए पनि संभावित कार्यसूचीमा राखिएको छैन।