Friday, October 2, 2026
Home मनोरन्जन काभ्रेको बनेपा र धुलिखेल आसपासमा हिमपात

काभ्रेको बनेपा र धुलिखेल आसपासमा हिमपात

231

माघ २२,

काभ्रे : बनेपा, धुलिखेल, नमोबुद्ध, चौरीदेउराली, भुम्लु, बेथानचोकलगायत क्षेत्रमा हिमपात भएको छ। यसअघि हिउँ खेल्न नारायणस्थान, दोलाखको भिमसेनस्थान र रामेछापको शैलुङमा पुग्ने काभ्रेवासीहरू यसपटक सहरनजिकै हिउँ परेपछि रमाएका छन्।

हिउँमा रमाउँदै गरेकी विष्णुमाया तामाङले गाउँमै हिउँ परेसँगै हिउँमा खेल्ने रहर पूरा भएको बताइन्। त्यस्तै‚ पत्रकार क्रान्ति दोङले हिमपातले जनजीवन प्रभावित भए पनि आफूलाई भने हिउँमा रमाउन पाउँदा खुशी लागेको बताए।उनीहरूजस्तै हिउँ परेर चिसो बढे पनि अन्तरिक पर्यटकहरु भने चिसोको प्रवाह नगरी हिउँमा रमाएका थिए। बेथानचोकमा भने यस वर्षको दोस्रो पटक हिउँ परेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले हिउँका कारण सवारीसाध दुर्घटना हुने सम्भावना बढेकाले सचेत रहन समेत आग्रह गरेको छ।