Friday, July 17, 2026
Home Blog Page 973
काठमाडौं । देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । यस कारण पहाडी भू-भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको केही...
फागुन ८, भक्तपुर । सूर्यविनायक नगर अस्पताल संचालनमा आएको छ । भक्तपुर इँटा टायल कारखानासंग लिएको २५ रोपनी जग्गामा निर्मित नगर अस्पतालमा आईसीयू, एचडीयू, इमजरजेन्सी सेवा, ओपिडी, जनरल वार्ड, एक्सरेलगायतको सेवा रहेको नगरप्रमुख बासुदेव थापाले जानकारी दिएका छन् । अरनिरको राजमार्ग संगै जगातीमा रहेको नगर अस्पताल अक्सिजन प्लान्टसहितको संचालनमा आएको हो । सांसद महेश बस्नेतको सांसद विकास कोष, बस्नेतकै...
फागुन ८, काठमाडौं । चैत्र ११, १२ र १३ गते गाभर भ्याली सामुदायिक होमस्टे बाकेँमा होमस्टे महासंघ नेपालका महाधिवेशन हुने छ । महासंघका कोषाध्यक्ष सुरज बास्तोलाका अनुसार नवलपरासीमा बसेको केन्द्रको बैठकले मुलुकको संघीय संरचना अनुसार सबै तहको अधिवेशन र केन्द्रको महाधिवेशन गर्ने निर्णय गरेको हो । जस अनुसार आउने प्रदेश तहको अधिवेशन यहिँ फागुन २८ गते शनिबार ७ वटै...
काठमाडौं । एमसीसीको विरोधमा गरिएको प्रदर्शनका क्रममा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारण गरेर संयौ मानिस पक्राउ परेका छन् । साथै दर्जनौं घाइते भएका हुन् । प्रहरी र प्रदर्शनकारीबीचको मुठभेडमा केही प्रदर्शनकारी घाइते भएका हुन् । घाइते हुनेहरुमा विप्लव खड्का, सञ्जु राई, दिपक विष्ट, सुदर्शन मिश्र लगायत रहेका छन् । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ, अन्य केही सामान्य...
फागुन ३, भक्तपुर । बस र मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । गएरातीको समयमा भक्तपुर नगरपालिका न.पा ९मा ब्रम्हायणीबाट च्यामासिंह तर्फ आउदै गरेको बा ३ ख ४७६५ नं को बस र बिपरीत दिशाबाट जाँदै गरेको बा ६१ प ६६१८ नं मोेटरसाइकल ठोकिएका थिए । सो दुर्घटनामा मोटरसाइकलमा सवार २ जना घाइते भई उपचारको लागी...
फागुन २, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रमुखमा प्रहरी उपरिक्षक (एसपी) चक्रराज जोशीको सरुवा भएर आएदेखि प्रहरी एक्शनमा उत्रिएको छ । अवैध मदिरा नष्ट, फरार प्रतिवादी फक्राउ, प्रेशर हर्न र ओभरलोड बोक्नेलाई कारबाही अभियान तीव्र बनाएको हो । अरनिको राजमार्ग, बीपी राजमार्ग अन्य शाखा सडकहरुमा तोकिएको क्षमता भन्दा धेरै मात्रामा निर्माण सामाग्री बोक्दै आएका ट्रिपरहरुलाई कारबाही गर्ने...
फागुन २,काठमाडौं : कोरोनाका कारण प्रदर्शन हुँदाहुँदै रोकिएको नेपाली फिल्म 'चपली हाइट ३' को ग्राण्ड प्रिमियर गरिएको छ।आइतबारदेखि पुनः प्रदर्शन हुँदै गरेको फिल्मको शनिबार ग्राण्ड प्रिमियर गरिएको हो। शनिबार राजधानीको क्युज सिनेमाजमा गरिएको ग्राण्ड प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्देशक प्रदीप भट्टराई, अभिनेत्री उषा रजक लगायतको उपस्थिति रहेको थियो।फिल्म हेरेर निर्देशक भट्टराईले 'चपली हाइट ३'...
फागुन २,काठमाडौं प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले क्रिप्टोकरेन्सी, हाइपर फण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ। ब्यूरोले आइतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले ब्यूरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्ति उपर अनुसन्धान गरी कानूनी कारबाहीसमेत जारी रहेका सन्दर्भमा उक्त...
फागुन २,काठमाडौं : सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि ‘काउन्टर’ दिने गृहकार्य गरिरहेको छ। आइतबारको सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको एमाले संसदीय दलको बैठक अहिले जारी छ। त्यसले आवश्यक निर्णय लिने तयारी गरिराखेको छ। आवश्यक तयारीको लागि सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको स्थायी कमिटी सदस्य तथा सांसद शेरबहादुर तामाङले...
फागुन २,काठमाडौं : बेलायतबाट १३ लाख १२ हजार ८० डोज कोरोनाविरुद्धको अस्ट्राजेनिका खोप आएको छ।बेलायत सरकारले कोभ्याक्स सुविधा मार्फत नेपाललाई सो खोप दिएको हो। कतार एयरलाइन्सबाट खोप आज बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाले जनाएको छ। हाल सो खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारण कक्षमा राखिएको र छिट्टै प्रदेशहरूमा पठाइने शाखाले जनाएको छ।बेलायतले कोभ्याक्स सुविधाबाट २१...