भक्तपुरको च्यामासिंह यसरी गयो कार्कीको ज्यान

272

फागुन ३,
भक्तपुर । बस र मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । गएरातीको समयमा भक्तपुर नगरपालिका न.पा ९मा ब्रम्हायणीबाट च्यामासिंह तर्फ आउदै गरेको बा ३ ख ४७६५ नं को बस र बिपरीत दिशाबाट जाँदै गरेको बा ६१ प ६६१८ नं मोेटरसाइकल ठोकिएका थिए ।
सो दुर्घटनामा मोटरसाइकलमा सवार २ जना घाइते भई उपचारको लागी मध्यपुर अस्पताल थिमी लगिएको थियो ।
उपचारकै क्रममा मोटरसाएकल पछाडी सवारा दोलखा तामाकोसी गाउँपालिका १ भिरकोट घर भई भक्तपुर भक्तपुर न.पा १० कमलबिनायक बस्ने बर्ष ३४ को देबेन्द्र कार्कीको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए । मोटर साइकल चालक दोलखा हावा ७ घर भई हाल भक्तपुर सुर्यबिनायक न.पा ५ चुनदेबी बस्ने बर्ष २७ को बलराम सुनुवारको उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । दुबै सवारी साधन वृत्त जगातीको नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा संलग्न बस चालक चाँगुनारायण नगरपा बस्ने बर्ष ३९ को टिक बहादुर बस्नेत नियन्त्रणमा लिएको डीएसपी पाण्डेले बताए । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भईरहेको परिसर भक्तपुरले जानकारी दिएको छ ।