चैत ११ गतेदेखि होमस्टे महासंघ नेपालको महाधिवेशन हुने

184

फागुन ८,
काठमाडौं । चैत्र ११, १२ र १३ गते गाभर भ्याली सामुदायिक होमस्टे बाकेँमा होमस्टे महासंघ नेपालका महाधिवेशन हुने छ । महासंघका कोषाध्यक्ष सुरज बास्तोलाका अनुसार नवलपरासीमा बसेको केन्द्रको बैठकले मुलुकको संघीय संरचना अनुसार सबै तहको अधिवेशन र केन्द्रको महाधिवेशन गर्ने निर्णय गरेको हो । जस अनुसार आउने प्रदेश तहको अधिवेशन यहिँ फागुन २८ गते शनिबार ७ वटै प्रदेशमा हुनेछ । स्थानीय तहको अधिवेशन फागुन २१ गते शनिबार, दिउँसो १२ बजे देशभर हुने छ ।