एक्सनमा उत्रियो काभ्रे प्रहरी

156

फागुन २,
काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रमुखमा प्रहरी उपरिक्षक (एसपी) चक्रराज जोशीको सरुवा भएर आएदेखि प्रहरी एक्शनमा उत्रिएको छ । अवैध मदिरा नष्ट, फरार प्रतिवादी फक्राउ, प्रेशर हर्न र ओभरलोड बोक्नेलाई कारबाही अभियान तीव्र बनाएको हो । अरनिको राजमार्ग, बीपी राजमार्ग अन्य शाखा सडकहरुमा तोकिएको क्षमता भन्दा धेरै मात्रामा निर्माण सामाग्री बोक्दै आएका ट्रिपरहरुलाई कारबाही गर्ने अभियान सुरु भएको छ, प्रहरी उपरिक्षक जोशीले भने ।
साथै ट्राफिक नियम विपरित प्रेशन हर्न राखेर बजाउदैं हिडेँनेलाई समेत कारबाही गरिएको उनले बताए ।
हालसम्म २ सय ५० भन्दा धेरै ट्रिपरलाई कारवाही गरिएको प्रहरी उपरिक्षक जोशीले जानकारी दिएका छन् ।
‘कार्यालय मातहतका सबै प्रहरीलाई इमान्दारिता पूर्वक सेवा खटिन निर्देशन दिएको छु, ’ जोशीले भने । प्रेशर हर्न कारणका कारण ध्वनी प्रदुषण भएको गुनासो राजमार्गसंगै बसोबास गर्दै आइरहेका सर्वसाधरणरले गरेपछि प्रहरीले कारवाही अभियान थालनी गरेको हो ।
ओभरलोडका कारण सडक संरचना बिग्रीने, खाल्डो पर्ने भएकाले कारवाही गरिएको जोशीले बताए ।
प्रेशर हर्न राख्नेलाई पहिलो पटक सचेत गराउने, ओभर लोड बोक्नेलाई १ हजार ५ सय जरिवना तिराउने र सचेत गराउने गरिएको छ ।
अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य समेत काभ्रे प्रहरी सक्रिए भएको छ ।
प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटि गएको प्रहरी अधिकृत सहितको विशेष प्रहरी टोलिले विभिन्न मुद्धाका फरार प्रतिवादीहरुलाई खोजतलासको क्रममा पक्राउ गरेको छ ।