Thursday, July 16, 2026
Home Blog Page 963
चैत १०,स्याङ्जा : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएकै समय हुने बताएका छन्। चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित नगरपालिकाको प्रशासकीय भवनको बिहीवार उद्घाटन गर्दै देउवाले वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गरेर अघि बढिसकेकाले तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न दाबी गरे।उनले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्नेमा जोड समेत दिए।...
चैत १०,काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन पुगेका छन्। निर्वाचन नजिकिँदै गएपछि प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय हुँदै गएको छ। आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्डले जनयुद्धको सहिद परिवारलाई भेटघाट गरेका छन्। यति मात्र होयन सहिद परिवारसँगै बसेर खानासमेत खाएका छन्। प्रचण्डले माडी नगरपालिका-७ देवेन्द्रपुर टोलमा सहिद...
चैत १०, काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ। प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गर्दै बिहीबार राति १२ बजेर १५ मिनेटदेखि लागू हुनेगरी ३८ रुपैयाँ प्रतियुनिट बिजुली खरिद गर्न लागिएको जनाएको छ। कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले सुक्खायाम भएकाले स्वदेशमा उत्पादन कम हुने हुँदा माग धान्नका लागि दैनिक ३ देखि साढे ३ सय...
चैत १०,काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने दाबी गरेका छन्। कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएकाले अबकाे मूल पार्टी भनेकाे जसपा नै हुने दाबीसमेत उनले गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है। कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ। कम्युनिष्ट...
मनाङ । हिमाली जिल्ला मनाङमा ४ वटै गाउँपालिकामा नेपाली काङ्ग्रेसले स्थानीय घोषणापत्र निर्माण समिति गठन गरि कार्य प्रारम्भिक मस्यौदा निर्माण कार्य शुरुभएको छ। हिजो बुधबार समितिको आधिकारिक घोषणा भए संगै आजै बाट कार्य प्रारम्भ भएकोे नार्पाभूमी गाउँपालिका घोषणापत्र निर्माण समितिका संयोजक कोन्जो तेन्जिङ लामाले जानकारी दिए।समितिको संयोजकमा चामे गाउँपालिकामा अनिता लामा ,मनाङ निस्याङ गाउँपालिकाको...
चैत ९,काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार आउने बताएका छन्। बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १५ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दैै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सकेमा अन्य क्षेत्रमा स्वतः सुधार हुने बताएका हुन् । उनले देशको समृद्धिको निम्ति शिक्षा पहिलो ढोका...
चैत ९,भक्तपुरमा छैठौं औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने भएको छ । नयाँ वर्षको पूर्वसन्ध्या चैत्र २४ देखि वैशाख ४ सम्म मेला हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए । नयाँ वर्ष २०७९ को आगमनसँगै औद्योगिक शान्ति...
चैत ९,काठमाडौं : यातायात व्यवस्था विभागले बुधबार(आज) बेलुका ५ बजेदेखि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने जनाएको छ।विभागले एक सूचना जारी गरी सबै सर्भरमा प्राविधिक समस्या देखिएकाले बन्द गर्न लागेकाे जनाएको हो। विभागका अनुसार सर्भरमा देखिएको समस्या समाधान नहुञ्जेल सबै सेवा बन्द हुनेछ।समस्या समाधान भएपछि सेवा पुन: सञ्चालन हुने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए।
हेटौंडा : बागमती प्रदेश सरकारले चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालू अवस्थामा रहेको नवौँ अर्थात् हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले भने, ‘आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको छ।’प्रमुख प्रतिक्षी...
काठमाडौं । नेकपा एमाले सांसद नबिना लामाका बुबा बम राखेको आरोपमा पक्राउ परेका छन् । काभ्रेकी लामाका बुबा मणिकलाई काठमाडौंको मनोहरा खोला नजिकै प्रेसर कुकर बम राख्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। एमसीसीको विरोधका क्रममा उनीसहितको टोलीले बम राखेको खुलेपछि पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए । उनीमाथि...