Saturday, October 3, 2026
Home राजनीति कम्युनिष्ट टुक्राटुक्रा भइसके अबको मूल पार्टी नै जसपा हो : बाबुराम

कम्युनिष्ट टुक्राटुक्रा भइसके अबको मूल पार्टी नै जसपा हो : बाबुराम

123

चैत १०,

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने दाबी गरेका छन्। कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएकाले अबकाे मूल पार्टी भनेकाे जसपा नै हुने दाबीसमेत उनले गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है। कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ। कम्युनिष्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ। अर्को तत्काल सानो तर, भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो जसपा त्यसको भ्रूण हो।’उनले कम्युनिष्ट पार्टी टुक्रा भए पनि एउटै धार भएकाले अझै केही समय रहने विश्लेषण गरेका छन्।