Saturday, October 17, 2026
Home समाचार यातायात कार्यालयका सबै सेवा अनिश्चितकालीन बन्द

यातायात कार्यालयका सबै सेवा अनिश्चितकालीन बन्द

113

चैत ९,

काठमाडौं : यातायात व्यवस्था विभागले बुधबार(आज) बेलुका ५ बजेदेखि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने जनाएको छ।विभागले एक सूचना जारी गरी सबै सर्भरमा प्राविधिक समस्या देखिएकाले बन्द गर्न लागेकाे जनाएको हो। विभागका अनुसार सर्भरमा देखिएको समस्या समाधान नहुञ्जेल सबै सेवा बन्द हुनेछ।समस्या समाधान भएपछि सेवा पुन: सञ्चालन हुने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए।