Thursday, July 16, 2026
Home Blog Page 962
चैत १३,काठमाडौं : सिजन मिडियाद्वारा आयोजित ‘लेट मि इन मिसेस ब्यूटी क्विन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मञ्जु डोटेलले हात पारेकी छिन्। बाह्र प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल डोटेलले पपुलर र मल्टिमिडिया अवार्डसमेत जितिन्।शनिबार राति काठमाडौँमा भएको फाइनल प्रतिस्पर्धामा धनगढीकी निरु सिंह फस्ट रनरअप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनरअप हुन सफल भए। प्रतियोगितामा सावित्री पाण्डे...
चैत १३, काठमाडौं : चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ।उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो।यसैबीच नेपालको भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी...
चैत ११,काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत पदमा नियुक्त डा. शंकरप्रसाद शर्मालाई शुक्रबार शपथ गराएकी छन्। शर्माले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राजदूत पदको पद तथा गोपनीयताको शपथ लिए। उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित थिए।
चैत ११,काभ्रे : अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसले मोटरसाइकललाई ठक्कर दिँदा चालक रामेछापको रामेछाप नगरपालिका–२ का २८ वर्षीय सुनिल कुमार खड्काको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले धुलिखेल अस्पतालमा उपचारको क्रममा मोटरसाइकल चालक खड्काको मृत्यु भएको जानकारी दिए।उनका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका...
चैत ११,काठमाडौं : अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको नेपाली फिल्म 'ए मेरो हजुर ४' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ। फिल्ममा अनमोल र सुहाना बाहेक सलोन बस्नेत, रियर राई, लुनिभा तुलाधार, सरोज बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको...
चैत ११,काठमाडौं : जी–सेभेनमा आबद्ध देशहरुले युक्रेनलाई थप सैन्य सहयोग गर्ने भएका छन्। अमेरिका, युरोप लगायत प्रभावशाली देशहरुको समूह जी–सेभेन सम्भेलनमा सहभागी नेताहरु रुसविरुद्ध एक हुँदै युक्रेनलाई थप सैन्य सामग्री सहयोग गर्न सहमत भएका हुन्। यी देशहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अनाहकमा युक्रेनमाथि आक्रमण गरेको निष्कर्ष निकाल्दै युक्रेनलाई सक्दो सैन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जी–सेभेन सम्मेलनलाई भिडियो...
चैत ११,म्याग्दी : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन्।निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै जिल्लामा चुनावी माहोल थप तातिएको छ। निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ।जिल्लाको एकमात्र नगरपालिका बेनीको मेयरको उम्मेदवार बन्न काँग्रेस भित्र रस्सकस्सी सुरु भएको...
चैत ११, स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिसकेका छन् । सबैजसो स्थानीय तहमा निर्वाचन केन्द्रित गतिविधि बढ्न थालेको छ । दलहरू संगठन विस्तार, घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।उम्मेदवारका आकाङ्क्षीहरू पनि दौडधूप तीव्र तुल्याउँदै छन् । यद्यपि चुनावमा तालमेलको विषयले भने अझै गति लिन सकेको छैन । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुने हो...
चैत ११,विराटनगर : प्रदेशसभा १ का महिला सांसदहरूले बलात्कारका घटना कम गर्न विद्यालयस्तरको पाठ्यक्रममा नै सुरक्षा विषय राख्नुपर्ने माग गरेका छन्। यस्तै‚ बलात्कारीलाई फाँसीको सजाय दिए यस्ता घटना कम हुने धारणा राखेका छन्। नेपाली कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएको ज्योति सुब्बाले बलात्कारका घटना कम गर्न विद्यालयका पाठ्यक्रममा सुरक्षाको विषय समावेश गर्नुपर्ने धारणा राखेकी छन्। बिहीवारको प्रदेश सभा बैठकको...
चैत १० काठमाडौं : अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिन अलब्राइटको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको क्यान्सरबाट निधन भएको उनको परिवारले विज्ञप्ती मार्फत पुष्टि गरेको छ। उनी राष्ट्रपति बिल क्लिन्टनको सरकारमा सन् १९९७ मा विदेशमन्त्री बनेकी थिइन्। उक्त पदमा उनी सन् २००१ सम्म रहिन्। ​चेकोस्लोभाकियाकी नागरिक म्याडेलिन अमेरिकामा आप्रवासी भएर पनि उच्च तहमा पुग्ने महिला बनेकी थिइन्।...