Sunday, September 27, 2026
Home समाचार बम राखेको आरोपमा काभ्रेका लामा पक्राउ

बम राखेको आरोपमा काभ्रेका लामा पक्राउ

179
सांकेतीक तस्विर

काठमाडौं । नेकपा एमाले सांसद नबिना लामाका बुबा बम राखेको आरोपमा पक्राउ परेका छन् । काभ्रेकी लामाका बुबा मणिकलाई काठमाडौंको मनोहरा खोला नजिकै प्रेसर कुकर बम राख्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। एमसीसीको विरोधका क्रममा उनीसहितको टोलीले बम राखेको खुलेपछि पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए । उनीमाथि महानगरीय प्रहरी बृत्त बानेश्वरले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत विष्फोटक पदार्थसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । जसअनुसार सोमबार थुनछेक बहस भएको बताइएको छ ।