‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक

136

चैत ११,

काठमाडौं : अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ। फिल्ममा अनमोल र सुहाना बाहेक सलोन बस्नेत, रियर राई, लुनिभा तुलाधार, सरोज बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदै गरेको फिल्म चर्चित कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ सँग भिड्दै छ। महँगो बजेटमा बनेको फिल्म भए पनि आफू केजिएफसँग नडराउने र फिल्म तोकिएकै मितिमा प्रदर्शन गर्ने निर्माता थापाले बताएका छन्। तीन वर्षअघि प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ व्यावसायिक रूपमा सफल बनेको थियो। फिल्मको एउटा टिजर र दुई वटा गीत यसअघि नै सार्वजनिक भइसकेका छन्। निर्देशक थापा र छेतेन गुरुङको कथा रहेको फिल्मको पटकथा तथा संवाद सातजना मिलेर लेखेका हुन्।