Thursday, July 16, 2026
Home Blog Page 961
भक्तपुर । झापाको चर्चित व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईको लगानीमा भक्तपुरमा तरकारी बजार संचालनमा आएको छ । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक, अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा तरकारी बजार संचालनमा आएको हो । सूर्यविनायक हरित तथा कृषि थोक बजारमा मंलगबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईले भने ‘जे गर्छु स्वदेशमै गर्छु भनेर तरकारी बजार संचालनमा ल्याएको...
भक्तपुर । स्थानीय निर्वाचनकोलागि भक्तपुरमा पुरुष ९२ हजार २ सय ६५, महिला ९७ हजार ३ सय १४ अन्य ५ जना मतदाता गरेर कुल मतदाताको संख्या १ लाख ८९ हजार ५ सय ८४ जना रहेको छ । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ...
चैत १४, जनकपुरधाम : विभिन्न मागसहित मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका प्रदरशनकारीमध्ये २९ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।सिरहा जिल्लाको मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरेर बिक्री गरेको विषयमा विभिन्न छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै अभियान्ताहरूले विरोध प्रदर्शन गरेका हुन्।निषेधित क्षेत्र तोडेर प्रदर्शन...
काठमाडौं : वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा शुरु गरेको छ। सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो।अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ। कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुल्क सेवा शुरु भएको बताए।उनले अबका दिनमा अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट...
चैत १४, काठमाडौं : प्रतिष्ठित फिल्म अवार्ड ओस्कारको ९४ औँ संस्करणमा 'कोडा' उत्कृष्ट फिल्म बनेको छ भने विल स्मिथले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन्। अमेरिकाको डल्वि थिएटर, लस एन्जलसमा सोमबार बिहान सम्पन्न अवार्ड कार्यक्रममा 'कोडा' उत्कृष्ट फिल्म र स्मिथ उत्कृष्ट अभिनेता बन्दा 'ड्युन'ले सबैभन्दा धेरै ६ विधामा अवार्ड जितेको हो।सियान हेडरको लेखन तथा निर्देशनमा बनेको 'कोडा' सन् २०१४...
चैत १४,काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लाग्ने उमेर हद हटेको छ। राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पुगेकाले मात्र दिन पाउने व्यवस्था हटाएको हो। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही वर्षबाट कक्षा-१० को परीक्षाका हकमा उमेरहद नलाग्ने जानकारी दिए।‘अब जति सुकै उमेरकाले कक्षा-१० को परीक्षा दिन पाउँछन्,’उनले भने। उमेर हद कायम गरिँदा परीक्षार्थीहरूलाई समस्या भएको भन्दै त्यो...
चैत १३,काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो। बैठकमा गत फागुन २९ गते सुरु...
चैत १३,खोटाङ : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले गठबन्धनमा अझै पाँच दल थपिए पनि एमाले एक्लैले तिनीहरूलाई पराजय गराइदिने बताएका छन्।आइतबार गृह जिल्ला खोटाङमा भट्टराईले ऐँसेलुखर्क युवा संघले आयोजना गरेको पुरुष एवं महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, 'हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले बलियो छ एक्लै लड्न सकिँदैन, त्यसैले...
चैत १३, काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओली र वाङ बीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता भएको हो। भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भेटमा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख डा राजन भट्टराई, पूर्वराजदूत डा...
चैत १३, काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघसंस्थालाई निवेदन दिन आह्वान गरेको छ। निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघसंस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले आजदेखि लागू हुने गरी १५ दिने सार्वजनिक सूचना जारी गरेको हो।निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्थाले...