Saturday, October 3, 2026
Home अन्तर्राष्ट्रिय अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिनको निधन

अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिनको निधन

171

चैत १०
काठमाडौं : अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिन अलब्राइटको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको क्यान्सरबाट निधन भएको उनको परिवारले विज्ञप्ती मार्फत पुष्टि गरेको छ। उनी राष्ट्रपति बिल क्लिन्टनको सरकारमा सन् १९९७ मा विदेशमन्त्री बनेकी थिइन्। उक्त पदमा उनी सन् २००१ सम्म रहिन्। ​चेकोस्लोभाकियाकी नागरिक म्याडेलिन अमेरिकामा आप्रवासी भएर पनि उच्च तहमा पुग्ने महिला बनेकी थिइन्। उनी कुशल अमेरिकी प्रशासक थिइन्।