काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचन आचारसंहितामा आफ्नो छ बुँदे असहमति राखेको छ। महासचिव शंकर पोखरेल नेतृत्वमा बिहीबार निर्वाचन आयोग पुगेर एमालेले लिखित रुपमा आफ्ना असहमति राखेको हो। एमालेले संविधान र कानुनसँग बाझिएका बाहेक आचारसंहिता पालनामा आफूहरु प्रतिवद्ध रहेको उल्लेख गरेको छ।‘त्यसैले यस प्रकृतिका संविधान तथा कानुन विपरीतको सबै प्रावधान सच्याउन र त्यस्ता प्रावधान लागु हुने गरी...
चैत २४,
जनकपुरधाम : आज बिहीबार जनकपुरधामसहित मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक चैती छठ मनाइँदै छ।चैत्र शुक्ल षष्ठी (आज) व्रतालुले विभिन्न जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् भने भोलि शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुनेछ।चैती छठ चैत्र शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन मनाइन्छ। कार्तिक शुक्लमा मनाइने छठ पर्व जति चर्चित नभए पनि विस्तारै चैती...
चैत २४,काठमाडौं : तीन सय वर्ष पुरानो बिस्काः (बिस्केट) जात्राका लागि भक्तपुरको न्यातपोल मन्दिर परिसरमा भैरवको रथ निर्माण भइरहेको छ। स्थानीय कालीगढ र शिल्पकारहरू रथ बनाउन व्यस्त छन्। भक्तपुरमा तथा तोखा र थिमिमा वार्षिक रूपमा मनाइने पर्व हो- बिस्का जात्रा । यो वर्षको बिस्का जात्रा चैत २७ देखि वैशाख ५ गतेसम्म चल्ने छ। यो जात्रा ८ रात ९ दिनसम्म...
चैत २४,काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन्।बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए। प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन...
चैत २३,काठमाडौं :निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले बढाएको हो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ। निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने भएको छ। आयल...
चैत २३,काठमाडौँ : नाबालिग बलात्कारको अभियोग लागेका नायक पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा थुनछेक बहस शुरु भएको छ। नवलपुर अदालतमा आज पीडित किशोरीका तर्फबाट तीनजना सरकारी वकिलले बहस गरेका छन्। सरकारी वकिलहरू बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस दिउँसो १ बजे सकेको वैतनिक वकिल दीपक भट्टराईले जानकारी दिए। सरकारी वकिलले पीडितको मागदाबी अनुसार १२ देखि १४...
चैत २३,रुकुम (पूर्व) : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव विजय पौडेलले नेकपा एमालेले जितेका स्थानमा आफ्नो पार्टीको दाबी हुने बताएका छन्। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले जितेका स्थानमा आफ्नो पार्टीको दाबी स्वभाविक भएको भनाइ पौडेलको छ। समाजवादी प्रेस संगठन रुकुम पश्चिमले बुधबार जिल्ला सदरमुकाम खलंगामा गरेको पत्रकार भेटघाटमा पौडेलले एमालेको मत लिने शक्ति भनेकै समाजवादी...
चैत २२,काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिताका बारेमा सम्झाएसँगै राजनीतिक दलहरू पालन गर्न तयार भएका छन्।मंगलबार निर्वाचन आयोगमा बसेको बैठकको शुरुमै आचारसंहिताका बारेमा हस्ताक्षर गर्ने आग्रह गरेपछि राजनीतिक दल भड्किएका थिए। उनीहरूले छलफलबिनै हस्ताक्षर गराउन लागेको भनेर असन्तुष्टि व्यक्त गरेका थिए।प्रमुख आयुक्त थपलियाले सम्झाएसँगै दलहरूले स्थानीय निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। स्थानीय चुनावमा...
चैत २२,काठमाडौ : केही महिना अघिसम्म कोरोना विरुद्धको खोप लगाउन तँछाडमछाड हुन्थ्यो।धेरैले खोप लगाउनेको भिड नियन्त्रण गर्न ठूलै संख्यामा प्रहरी परिचालन गर्नु पर्ने अवस्था थियो। कतिपयले त सोर्सफोर्स लगाएरै पनि खोप लगाए। तर पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउने मानिस नहुँदा खोप खेर जान थालेको छ। स्वास्थ्य कार्यलयका अनुसार काठमाडौं जिल्लामा झण्डै ३ हजार कोरोना विरुद्धको मोडर्ना...
चैत १८,
भक्तपुर । भक्तपुरको ताथलीमा प्लानिङमा पुरिएर २ जनाको मृत्यु भएको छ ।चागुनारायण नगरपालिका वडा न. ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने काभ्रेका २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।मृत्यु हुनेमा काभ्रे चौरी देउराली गाउँपालिका ३ को ५० वर्षको वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका-९ को ३२...









