चैत २६,काठमाडौं : देशको अर्थतन्त्र ओरालो लागिरहेको बेलामा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली आक्रमक रूपमा प्रस्तुत भएका छन्। ओली नेतृत्वको सरकारले नियुक्त गरेको गभर्नर अधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको थियो। काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई कटाक्ष गर्दै ओलीले भने, ‘हिजो मात्रै हामीले देख्यौँ। थुनुनाभरी रौँ...
चैत २६,काठमाडौं : बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ। बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको हो। बढाइएको भाडा बैशाख १ देखि लागू हुने मन्त्रालयले जनाएको छ। नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रूपैयाँ भएको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ,...
चैत २५,
गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ। युक्रेनलाई घेराबन्दी गरेर आक्रमण थालेको रुसले युक्रेनका महत्वपूर्ण शहरलाई केन्द्रबिन्दु बनाएको छ। राजधानी किभसहित, मारियोपोल, खार्किभलगायत महत्त्वपूर्ण शहरमा रुसले शक्तिशाली बम खसालेको छ भने धेरै संरचना ध्वस्त पारेको छ।रुसी हमलाबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरूले अहिले देश छाडेका छन्। संयुक्त राष्ट्रसंघले केहिदिन अघि जारी गरेको तथ्यांकअनुसार तीमध्ये...
चैत २५,काठमाडौं : मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ।पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाह नाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए। उनका अनुसार नेपाल–भारत सिमाना जमुनाह नाकाबाट नेपाल...
चैत २५,काठमाडौं : उपकार लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो। जसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्ने छ। योमध्ये ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५...
चैत २५,काठमाडौं : निर्वाचन आयोग आसन्न स्थानीय तह निर्वाचनका लागि बनाइएको आचारसंहिता लागू गर्ने तयारीमा जुटेको छ। आज आयुक्तहरुको बैठक बसेर आचारसंहिता लागू गर्नेबारे निर्णय गर्न लागेको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता जारी गरेको थियो। राजपत्रमा प्रकाशित भइसकेको आचारसंहिता नेपाल...
काठमाडौं : सत्ता गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको सहभागी छन्। बैठकमा स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटीबारे छलफल भइरहेको जनाएको छ। यस्तै निर्वाचनको तयारी, चुनौती तथा समसामयिक विषयमा पनि छलफल जारी रहेको जनाइएको छ।
चैत २५,हेटौंडा : पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविमा अध्ययनरत बालिकाहरूलाई यौन दुर्व्यवहार गरेका शिक्षक विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ।विद्यालयमा अध्ययनरत बालिकाहरूलाई यौन दुर्व्यवहारगरेका ३ जना शिक्षकविरुद्ध अभिभावकहरूले जाहेरी दिएका हुन्। जाहेरी परेसँगै शिक्षकहरुलाई पक्राउ गर्ने तयारी भइरहेको निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए।विद्यालयको कक्षा ४ देखि ८ सम्म अध्ययनरत करिब ७५...
हेटौंडा : शुक्रबारबाट देशभरि टाइफाइडविरुद्धको खोप लगाइँदैछ। बागमती प्रदेशका पनि १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । वैशाख १८ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत बागमती प्रदेशका १५ महिनादेखि १५ वर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउने भएका हुन्।प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार खोप अभियानका लागि...
चैत २४,
काठमाडौं : नेपाल टेलिकमले ७ अर्ब ३३ करोड रूपैयाँ मुनाफा आर्जन गरेको छ। बिहीबार काठमाडौंमा आयोजित उक्त कम्पनीको १४ औं वार्षिक साधारणसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले उक्त रकम खुद नाफा आर्जन गरेको जानकारी दिए।अध्यक्ष अर्यालले भने‚ ‘अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्ब ८०...










