Wednesday, October 7, 2026
Home समाचार कालिगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण

कालिगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण

376

जेठ ११,

स्याङ्जा : कालिगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ। गाउँपालिकाले करिब चार हजार ६०० घरधुरीलाई इन्डक्सन चुल्हो वितरण गर्ने योजना अघि सारेको हो ।गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको मूल्यवृद्धिलाई मध्यनजर गरेर गाउँपालिकाभित्रका सबै घरधुरीमा इन्डक्सन दिने योजना बनाएका हुन्। ‘घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्सन चुल्हो दिने निर्णय गरेका छौँ’, गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले भने,‘यसलाई आगामी गाउँसभाबाट पारित गरेर लागू गर्नेछौँ’कालीगण्डकीलाई धुवाँरहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको भन्दै उनले विद्युत् प्रयोगमा जोड दिएको बताए। यसअघि वडा नं ५ को दलित समुदायमा इन्डक्सन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो।त्यहाँ कार्यक्रम प्रभावकारी भएसँगै गाउँपालिकाभरि नै वितरण गर्ने योजना अगाडि सारिएको हो। गाउँपालिकाले विद्युत्को पहुँच सबै घरधुरीमा पु¥याउन न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क गरेको थियो।