बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुन सकेको छैन

123

जेठ ११,

काठमाडौं : ७ सय ५३ स्थानीय तह मध्ये हालसम्म ७ सय ४४ स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेका छन्। ८ स्थानीय तहमा मतगणना चलिरहेको छ भने बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुन सकेको छैन।

मतगणना चलिरहेका काठमाडौं महानगरपालिकासहित ८ वटा स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ। दाङको तुल्सीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको फतुवा विजयपुर र गरुडा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज र रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसले ३ सय २४, नेकपा एमालेले २ सय ३, नेकपा माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टी जसपाले ३० र नेकपा एकीकृत समाजवादीले २० स्थानीय तहमा प्रमुख पद जितेको छ। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले १६, राप्रपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टीले चार÷चार वटा स्थानीय तहमा प्रमुख पद जित्दा १२ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।