काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले संसदमा बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्रीको ब्रिफकेस तोडफोड नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले शान्तपूर्वक अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट बजेट पढ्न पाएको बताएका हुन्। उनले भने, ‘महत्वपूर्ण सकारात्मक उपलब्धि नै भन्नुपर्छ, माननीय अर्थमन्त्रीले बजेट प्रस्तुत...
काठमाडौं : वैदेशिक रोजगारीका नाममा मासिक १ सय नेपाली ठगीमा पर्ने गरेका छन्। रोजीरोटीको जोहो गर्न विदेशिने नेपाली राम्रो काम,राम्रो कमाइ हुने प्रलोभनमा परी ठगीमा पर्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। चालू आर्थिक वर्षको ९ महिनामा विदेश पठाइदिने बहानामा ठगिएका ८३१ उजुरी दर्ता भएका छन्। जसमा कामदारको ३७ करोड ३० लाख ठगिएको विभागको तथ्यांकले देखाएको छ। व्यक्तिगत तवर...
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा पहिलो पटक नेपाली कांग्रेसले बाजि मारेको छ । भरखरै घोषित परिणाम अनुसार कांग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित भएका छन् ।मेयरमा बिजयी कांग्रेस उमेदवार बसन्त बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत भन्दा करिव दुई हजार ८६ मत बढी ल्याएर बिजयी भएका हुन । उप मेयरमा भने एमालेकी महेश्वरी राई कांग्रेसकि सरिता राईलाई पछिपार्दै बिजय...
काभ्रे । बनेपा नगरपालिकाको पुल बजार क्षेत्र भारी वर्षा भएसगैं सधै डुबानमा पर्ने गरेको छ । यसको समाधानको लागि स्थानीय सरकारले खासै चसो दिएको देखिदैंन ।काभ्रेका पत्रकार देवराज केसीले सामाजिक संजालमा पोष्ट गर्नु भएको तस्विर हेरौं
जेठ १६
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिएका छन् । सोमबार चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको अन्तरक्रियामा नगरप्रमुख खत्रीले वर्षायाम सुरू भएसँगै हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि जोखिम न्यूनीकरणका लागि नगरस्तरीय विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिका विभिन्न प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपद्बाट...
-मीना घोरसाइनेभक्तपुर । ‘त्यतिबेलाको समाज अहिलेको जस्तो थिएन्, पहिले कुनै आँखा नदेख्ने व्यक्तिलाई पूर्व जन्मको पाप वा परिवारले गरेको पापका कारण आँखा नदेखेको भन्ने सामाजिक धारणा थियो’, भक्तपुरका ५८ वर्षीय दृष्टिविहीन सुरज राजभण्डारीले भने । कानूनमा स्नातक तहसम्म अध्ययनरत उनले समाजको त्यही वितृष्णलाई नै शक्तिको रुपमा बदले ।२०२१ सालमा उनको जन्म हुँदा भने उनी आँखा देख्थे । दुई वर्षको...
काठमाडौं: नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसेको छ। बिहान ११ बजेको लागि बोलाइएको बैठक निर्धारित समयभन्दा केही ढिला सुरु भएको थियो।भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। हिजो आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९ ÷०८० का लागि ल्याएको बजेटको विषयमा बैठकमा छलफल भएको छ। प्रवक्ता खतिवडाका अनुसार बैठकमा बजेटबारे समीक्षा सुरु भएको हो।सरकारले...
जुम्ला : मुख्य आर्थिक स्रोतको रूपमा रहेको यार्सागुम्बा संकलनका लागि सर्वसाधारण पाटनतर्फ लागेपछि गाउँघर सुनसान भएका छन्।तातोपानी, गुठीचौर, तिला, पातारासी लगायत ग्रामीण क्षेत्रका बासिन्दा यार्सागुम्बा संकलनका लागि गएपछि गाउँबस्ती सुनसान भएका हुन्।स्थानीय तहको निर्वाचन सकिएलगत्तै युवायुवतीदेखि वृद्धवृद्धासम्म पाटनतिर लागेको पातारासी गाउँपालिका २ तल्फीका वर्ष ५९ का भैरव बोहराले बताए। महिलाहरू साना नानी च्यापेर यार्सा संकलनका लागि गएको उनले...
काठमाडौं : फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र जर्मन चान्स्लर ओलाफ स्कोल्जले पुटिनसँग ८० मिनेट लामो टेलिफोन कुराकानी गर्दै युद्ध अन्त्यका लागि गम्भीर बन्न आग्रह गरेका हुन्।म्याक्रोँ र स्कोल्जले युक्रेनमा युद्ध विराम गर्न र रुसी फौज फिर्ता गर्न आह्वान...
जनकपुरधाम : तारा एयरको विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ तुल्सी पाटोका एकै परिवारका सातजना विमान दुर्घटना मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो। मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लागेका राजनकुमार गोलेका परिवार र आफन्तसहित ७...







