Friday, September 18, 2026
Home राजनीति नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक

नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक

147

काठमाडौं: नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसेको छ। बिहान ११ बजेको लागि बोलाइएको बैठक निर्धारित समयभन्दा केही ढिला सुरु भएको थियो।भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। हिजो आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९ ÷०८० का लागि ल्याएको बजेटको विषयमा बैठकमा छलफल भएको छ। प्रवक्ता खतिवडाका अनुसार बैठकमा बजेटबारे समीक्षा सुरु भएको हो।सरकारले पेश गरेको बजेटमाथि मंगलबार र बुधबार संसदमा छलफल हुँदैछ। संसदका दुवै सदनबाट पारित भएपछि मात्रै बजेट कार्यान्वयनमा जान्छ। पारित गर्नका लागि ह्विपसमेत जारी गर्ने तयारी भएको खतिवडाले बताए।