काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर बालेन साह र सुनिता डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शपथग्रहण समारोहमा दौरा, सुरुवाल, कालो टोपी र कालो चस्मामा ठाँटिएर पुगेका बालेनसँगै उनकी पत्नी सबिना काफ्ले पनि सहभागी थिइन्।राष्ट्रिय सभागृहमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरे। त्यसपछि खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको शपथग्रहण गराए।...
काठमाडौ । हिजो बेपत्ता भएको तारा एयरको जहाज मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ । तस्वीर: नेपाली सेना
काठमाडौं । सरकारले मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारमा आगामी साउनदेखि एलपी ग्यास प्रतिबन्ध लगाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन् । त्यस्तै, काठमाडौं लगायत मुख्य शहरहरुमका समेत ग्यास सिलिन्डर प्रयोग गर्न नपाउने व्यवस्था गरिने उनले बताए ।यो वर्ष मात्रै सरकारले झन्डै १ लाख भान्साबाट ग्यास, दाउरा र गुइँठा प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।...
काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ५५ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ५५ अर्ब ५७ करोड बजेट विनियोजन गरेको जानकारी दिए । कृषि बजेट आर्थिक बर्ष २०७८/७९ को तुलनामा १० अर्ब ४८ करोड रुपैयाँले बढी हो...
काठमाडौं : सरकारले पाँच वर्षभित्र वैदेशिक व्यापार सन्तुलनमा ल्याउने घोषणा गरेको छ। आइतबार संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै पाँच वर्षभित्र व्यापार घाटा शून्य बनाउने बताए।
शर्माले धान, मकै‚ गहुँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशत घटाउने जानकारी दिए।
काठमाडौं : सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने बताएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट संघीय संसद्का संयुक्त बैठकमा भाषण गर्दै वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने बताएका हुन्। त्यस्तैगरी, सरकारले ३ वर्षभित्र भूमिहीन दलितलाई आवास उपलब्ध गराउने कुरा पनि बजेटमै उल्लेख गरेको छ। सरकारले यस वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष जोड...
काठमाडौं : सरकारले किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले सरल रुपमा कृषि कर्जा पाउनको लागि ५ खर्ब वितरण गरिएको बताएका हुन्। कृषि कर्जा वितरण गर्न एक लघुवित्त स्थापना गरेर बैंक तथा वित्तिय संस्था अनिवार्य रुपमा कृषि उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताए।...
पोखरा । आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभएको हो ।
मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिए । विमानमा अहिले पनि आगो लागिरहेको छ । बिहान ९:५५ बजे जोमसोमका...
काठमाडौ । पोखरा एयरपोर्टबाट जोमसोम तर्फ गएको तारा एयरको विमान मुस्ताङको लेतेमाथिको पहाडमा दुर्घटनाग्रस्त भएको आशका गरिएको छ । उक्त बिमानमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु थिए । जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरलाइन्सको जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्सको केन्द्रीय कार्यालयले जनाएको छ। अन्य थप विवरण आउन बाकी छ । ...









