रुसी सेनामाथि उसले कब्जा गरेका क्षेत्रमा युक्रेनी किसानबाट अन्न र अन्य कृषि उपज जस्तै सूर्यमुखीको बीउ, मल र कृषि उपकरण चोरेको बारम्बार आरोप लागिरहेको छ।बीबीसीले किसानहरूसँग कुराकानी तथा भू-उपग्रह तस्बिरको विश्लेषण गरेर चोरी भएको अन्न कहाँ गइरहेको छ भन्ने प्रमाणहरू खोज्ने प्रयास गरेको छ। युद्ध मोर्चाभन्दा केही दर्जन माइल टाढा मात्र रहेका युक्रेनी किसान दिमित्रोले हामीलाई २५ वर्षको अथक...
बिराटनगर । प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहदाँ हिमा बस्नेत प्रदेश–१ सांसदमा नियुक्ती भएकी छिन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो । एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटावाट बस्नेतलाई नियुक्त गरिएको हिक्मतबहादुर कार्कीले जानकारी दिए ।
मुगु । नेपाल विद्युत् प्राधिकरणले रारा ताल क्षेत्रमा बिजुली पुर्याएको छ । कर्णाली प्रदेशको मुगुमा दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुगेको हो ।प्राधिकरणले आफ्नो स्वामित्वमामुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित् विद्युतकरिब २५ किलोमिटर प्रसारणलाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो ।हालत्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत्...
रामेछाप । जिल्लाको सुनापती गाउँपालिकाको लुभु नजिक बस दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा करिब २ दर्जन यात्रु घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार अहिलेसम्म २१ जना घाइतेलाई उपचारका लागि धुखिलेल अस्पताल पठाइएको छ ।अन्य घाइतेहरुको उद्धार चलिरहेको छ । दुर्घटनमा परी गम्भीर घाइते भएकालाई उपचारका लागि हेलिकप्टर...
सर्लाही । लालबन्दीमा रहेको एक मार्टबाट अनुगमन टोलीले म्याद गुज्रिएको र किरा परेको खाद्यवस्तु बरामद गरेको छ । लालबन्दी नगरपालिका–५ मा अर्जुन रायमाझीले सञ्चालन गरेको डालीमार्टबाट उपभोक्ता ठगिएको गुनासो आएपछि लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाको नेतृत्वमा अनुगमन टोली पुगेपछि म्याद गुज्रिएको र किरा परिसकेको खाद्यवस्तु बिक्री भएको तथ्य बाहिर आएको हो ।अनुगमन गर्नेक्रममा टोलीले म्याद गुज्रिएको र...
रोम । इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्था घोषण गर्न लागिएका क्षेत्रहरूले सामान्यतया इटालीको कुल कृषि उत्पादनको लगभग ३० प्रतिशत योगदान दिन्छ ।खडेरीले यो वर्ष ठूलो विनाश निम्त्याएको छ । आपतकाल घोषणपछि घर...
बेइजिङ । दक्षिण चीन सागरमा १२ शव फेला परेका छन् । फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ । दुर्घटनाग्रस्त जहाजमा चालक दलका ३० जना सदस्य थिए ।हङकङको दक्षिणपश्चिममा १६० समुद्री माइल टाढा रहेको एउटा इन्जिनियरिङ जहाज टाइफुनपछि दुर्घटनामा परेको थियो । टाइफुनका कारण जहाजमा ठूलो क्षति भएको थियो । टाइफुनले जहाज...
सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी नदि किनारमा रहेको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी २६ वर्षीया युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् ।बलात्कार आरोपमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया,...
भक्तपुर । राष्ट्रिय युवा परिषद्द्वारा पुर्नगठित बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सञ्जालको केन्द्रिय अध्यक्षमा सुवास ढकाल निर्विरोध चयन भएका छन । परिषद् संघसस्था शाखाका उपसचिव चन्द्रा थापाको उपस्थितिमा आयोजित भेलाले कार्यसमितिका पदाधिकारीको टुङ्गो लगाएको हो।
बरिष्ठ उपाध्यक्ष सविन कुमार खड्का, उपाध्यक्षहरुमा निमेश कुमार वली, शिव कुमार श्रेष्ठ, विनोद केसी, सचिवमा अजिता ठकुरी सह–सचिवमा जनक सिं डडाल, अरुण दर्नाल, कोषाध्यक्षमा अनु थापा,...
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ । बैठकमा स्थानीय तहको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुनेछ।










