रामेछापमा बस दुर्घटना, २ दर्जन घाइते

85

रामेछाप । जिल्लाको सुनापती गाउँपालिकाको लुभु नजिक बस दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा करिब २ दर्जन यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार अहिलेसम्म २१ जना घाइतेलाई उपचारका लागि धुखिलेल अस्पताल पठाइएको छ ।

अन्य घाइतेहरुको उद्धार चलिरहेको छ । दुर्घटनमा परी गम्भीर घाइते भएकालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भैरहेको छ । यस घटनाको थप बिवरण आउँन बाँकी छ ।