आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

58

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ । बैठकमा स्थानीय तहको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुनेछ।