बैदेशिक रोजगारीबाट फर्केकाहरुको सञ्जालको अध्यक्षमा ढकाल

204

भक्तपुर । राष्ट्रिय युवा परिषद्द्वारा पुर्नगठित बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सञ्जालको केन्द्रिय अध्यक्षमा सुवास ढकाल निर्विरोध चयन भएका छन । परिषद् संघसस्था शाखाका उपसचिव चन्द्रा थापाको उपस्थितिमा आयोजित भेलाले कार्यसमितिका पदाधिकारीको टुङ्गो लगाएको हो।
बरिष्ठ उपाध्यक्ष सविन कुमार खड्का, उपाध्यक्षहरुमा निमेश कुमार वली, शिव कुमार श्रेष्ठ, विनोद केसी, सचिवमा अजिता ठकुरी सह–सचिवमा जनक सिं डडाल, अरुण दर्नाल, कोषाध्यक्षमा अनु थापा, सदस्यहरुमा सुरेन्द्र सिं डडाल, विमल लिम्बु, प्रकाश भारती, मान बहादुर लामा, मोहन कुमार श्रेष्ठ, अनिल योञ्जन, राज कुमार ढकाल, डिल्लीराम सापकोटा, टिका कार्की र धिरेन्द्र सिं डडाल रहेका छन् ।

सञ्जालका नवनिर्वाचित अध्यक्ष सुवास ढकालले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गर्न सरकारले दिने सरल कर्जा कार्यान्वयन पहिलो प्राथमिकता रहेको बताए । राष्ट्रिय युवा परिषद्द्वारा वैदेशिक रोजगारबाट फर्केका युवाहरुको सञ्जाल गठनको लागि गत असार ६ गते भेला आव्हान गरिएता पनि त्यसले पूर्णता पाउन सकेको थिएन ।