Home अन्तर्राष्ट्रिय रुसले युक्रेनबाट अन्न चोरेको आरोप

रुसले युक्रेनबाट अन्न चोरेको आरोप

0
रुसले युक्रेनबाट अन्न चोरेको आरोप

रुसी सेनामाथि उसले कब्जा गरेका क्षेत्रमा युक्रेनी किसानबाट अन्न र अन्य कृषि उपज जस्तै सूर्यमुखीको बीउ, मल र कृषि उपकरण चोरेको बारम्बार आरोप लागिरहेको छ।

बीबीसीले किसानहरूसँग कुराकानी तथा भू-उपग्रह तस्बिरको विश्लेषण गरेर चोरी भएको अन्न कहाँ गइरहेको छ भन्ने प्रमाणहरू खोज्ने प्रयास गरेको छ। युद्ध मोर्चाभन्दा केही दर्जन माइल टाढा मात्र रहेका युक्रेनी किसान दिमित्रोले हामीलाई २५ वर्षको अथक मेहनतबाट विकास गरेको व्यवसाय रुसी कब्जाको चार महिनामा कसरी गुम्यो भन्ने बताए।

बीबीसीले आफ्नो खेतबारी अहिले रुसी कब्जामा परेको क्षेत्रमा रहेका २०० भन्दा बढी किसानलाई सम्पर्क गर्ने प्रयास गर्‍यो। ती किसानले प्रतिशोधको सामाना गर्नुपर्ने हुनसक्ने ठानेर हामीले उनको नाम दिमित्रो राखेका हौँ।

उनी हामीलाई भेट्न इच्छुक थोरैमध्ये एक कृषक थिए। दिमित्रोले भने, “उनीहरूले हाम्रो अन्न चोरे। हाम्रो खेतबारी र उपकरणहरू नष्ट गरे।”उनी रुसी सेनाले आफूले खेती गरिरहेको दशौँ हजार हेक्टरको ८० प्रतिशत जमिन कब्जा गरेको र औद्योगिक स्तरमा अन्न चोरेको आरोप लगाउँछन्।

उनी भन्छन्, “उनीहरूले हाम्रो कार्यालयमा लुटपाट गरेका छन्। पर्खालबाट तारहरू तानेका र हाम्रा आफन्तको फोटो समेत खिचेका छन्।” एउटा कम्पनीको खेतबारी राखिएको सीसीटीभीले रुसीहरू आइपुगेको क्षणलाई कैद गरेको देखिन्छ। हामीले खेत मालिकहरूको पहिचानको सुरक्षा गर्न उक्त भिडिओमा देखिएका केही दृश्यलाई धमिलो बनाइदिएका छौँ। तर त्यसमा सैन्य सवारीसाधनहरूमा रुसी सेनाले जेड अक्षर लेखेको सङ्केत प्रयोग गरेको स्पष्ट देखिन्छ।

पछि एउटा सैनिकले सुरक्षा क्यामेरा देखेर त्यसमा गोली हान्दा त्यो गोली नलागेको पनि देखिन्छ। बीबीसीले स्थानीय रूपमा कब्जा गर्ने अधिकारीहरूलाई अन्न हस्तान्तरण गर्न फार्महरूलाई सूचीबद्ध गर्ने कागजातहरू पनि प्राप्त गरेको छ। बीबीसी रुसी र बीबीसी युक्रेनी सेवाले गरेको छुट्टै अनुसन्धानले केही अवस्थामा रुसीहरूले युक्रेनी किसानहरूलाई बजार दरभन्दा कम मूल्यमा अन्न बेच्न र “कानुनी रूपमा” खरिद गरिएको प्रमाणित गर्न कागजातहरूमा हस्ताक्षर गर्न बाध्य पारिरहेको देखाएका छन्।

सुरुमा आएका खबरहरूमा सेनाले अन्न लुटेको जनाइएको थियो। तर अहिले किसानहरूले बताएअनुसार रुसी सेनाले रणनीतिमा परिवर्तन गरेको छ।त्यसको कारण के हो भने  रुसीहरूले यदि केही नतिरी अन्न लगेमा भविष्यमा खेती नै नहुने अवस्था हुनसक्ने महसुस गरेर त्यस्तो गरेको हुनसक्ने किसानहरूको भनाइ छ।

इन्धन किन्न र कामदारलाई तलब दिन विकल्प नभएकाले सस्तो मूल्य स्वीकार्नुपर्ने अवस्था रहेको किसानको भनाइ छ। अन्तर्राष्ट्रिय कानुनकी एकजना जानकार ब्यारिस्टर एमिली पोटलले यी कार्यहरूले जेनेभा महासन्धि र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले कब्जा गर्नेहरूले पालन गर्नुपर्ने नियमहरू भनी तोकेका नियमहरूको उल्लङ्घन गर्नसक्ने बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here