सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी युवती बलात्कृत

111
सांकेतिक दृश्यः गूगलबाट लिएको

सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी नदि किनारमा रहेको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी २६ वर्षीया युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उक्त रिसोर्टमा पाहुनाको रुपमा आएका क्षेत्रीले ती युवतीलाई बलात्कार गरेको तथा कार्की र थपलियाले मतियारको रुपमा सघाएको आरोप छ । बलात्कारपछि फरार भएका उनीहरूलाई असार १९ गते राति साढे ९ बजे काठमाडौंको कलंकीबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।