प्रधानमन्त्रीद्वारा सिंहदरवार अवलोकन

51

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौँ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निरीक्षण तथा अवलोकन गरेका हुन् ।

यस्तै प्रधानमन्त्रीले भवनको छतमा पुगेर सिंहदरवारस्थित अन्य भवन तथा संरचनाहरूको समेत अवलोकन गरेका छन् । मुख्य सचिव शंकरदास वैरागीले प्रधानमन्त्रीलाई सिंहदरवारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिकल्पना गरिएका संरचनाका बारेमा विस्तृत जानकारी दिएका थिए ।