कविता: शहरबाट

65

-राजकुमार लामिछाने `प्रिन्स´
मेरो गाँउमा
शहरबाट
चुनाव आयो निर्वाचन आयोग आयो
उम्मेदवार आए मतदाता आए
बिकास कहिले आउँछ ?

मेरो गाँउमा
शहरबाट
बाटो आयो गाडी आयो
बत्ती आयो टेलिफोन आयो
छोराछोरी कहिले आउछन ?

मेरो गाँउमा
शहरबाट
नेता आए अभिनेता आए
भाषण आयो , शाषण आयो
रासन कहिले आउँछ ?

मेरो गाँउमा
शहरबाट
फेयर एन्ड लभ्ली आयो, लाली पालिस आयो
डिश होम आयो , 4G डाटा आयो
टिकटक फेसबुक यु ट्युव पनि आयो
नुन तेल र सिटामोल कहिले आआउछ?

२०७९/०९/१९