Friday, October 2, 2026
Home राजनीति स्नातकको नतिजा नआएपछि….

स्नातकको नतिजा नआएपछि….

60

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलयले ६ महिना अघि लिएको स्नातक तहको परीक्षा सबै आएपछि मात्रै नेविसंघले स्ववियु चुनावमा भाग लिने जनाएको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ६ महिना अघि पनिकाले सञ्चालन गरेको स्नातक तहको नतिजा सार्वजनिक गरेपछि मात्रै स्ववियु निर्वाचनमा भाग लिने बताए ।

उनले अनलाइनखबरसँग भने, ‘६ भन्दा अघि लिइएका स्नातक तहको सबै परीक्षा नतिजा नआई स्नातकोत्तरमा भर्ना खुलाइएको छ । ती सबै नतिजा नआएसम्म नेविसंघले स्ववियु निर्वाचनमा भाग लिँदैन।’ परीक्षा नियन्त्रण कार्यलयले तीन वर्षे बीए कार्यक्रमको तेस्रो वर्षको, चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको नतिजा सार्वजनिक गर्न सकेको छैन। सबै नतिजा नआई भर्ना खुलाएको भन्दै विद्यार्थीहरुले चर्को विरोध गरिरहेका छन् ।