अर्थ सचिवमा तोयम राय, राजस्वमा रामप्रसाद घिमिरे

61

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अर्थ सचिवमा तोयम रायलाई ल्याइएको छ भने राजस्व सचिवमा रामप्रसाद घिमिरे आएका छन् ।

राय यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । थप निर्णयहरू आउन बाँकी छ ।