आगो ताप्ने क्रममा जलेपछि…

60
सांकेतिक तस्विर

वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक महिला आगो ताप्ने क्रममा जलेर घाइते भएकी छन्। सुवर्ण गाउँपालिका–३ जमुनिया टोल घर भइ जितपुरसिमरा उपमहानगरपालिका–१८ उच्चीडिह टोल बस्ने ६० वर्षीया किमैनादेवी यादव जलेर घाइते भएकी हुन्।

आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा यादवले लगाएको कपडामा आगो सल्किँदा उनको शरीरको विभिन्न भाग जलेको छ। घाइते भएकी यादवलाई थप उपचारको लागि काठमाडौँको कीर्तिपुर अस्पतालमा लगिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।