Saturday, May 16, 2026
Home Blog Page 476
काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आ.व.२०७८/०७९) पेश हुने कार्यसूचीमा उल्लेख छ। यस्तै, बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभामा रिक्त रहेको पदबारे संसद सचिवालयलाई जानकारी गराउन कार्यसूची छ।
बलेवा । मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ–पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो ।मध्य पहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ । आयोजनाका अनुसार प्रत्येक दिन बिहान...
काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई हटाएको नगर प्रमुख मिना कुमारी लामाले बताइन् ।उपमहानगरपालिकामा चौथो तह, पाँचौँ तह र छैटौँ तहसम्मका ७१ जना कर्मचारी हटाएको हो । उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारी हटाइएको प्रमुख लामाले बताइन् ।उनले भनिन्, ‘सरकारको निर्णय अनुसार नै कर्मचारी हटाएका...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । ‘(गृहमन्त्री कसलाई बनाउने) दबाब दिने कुरा भएको छैन, हुनुहुँदैन । यसबारे छुट्टै परामर्श लिन परेन । प्रधानमन्त्रीको कुरा हो’ बुधबार प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ सुनेपछि गुरुङले भने ।अब गृहमन्त्री बनाउँदा विकल्प खोज्नुपर्ने अवस्था आएको पनि महासचिव गुरुङ बताउँछन् । ‘विकल्प खोज्ने...
काठमाडौँ । आइसिसी एसियन क्वालिफायर्सका लागि गुल्सन झाले नेपाली टिमको कप्तानको जिम्मेवारी पाएका छन् । यस्तै दीपेश कँडेलले उपकप्तानको जिम्मेवारी पाएका छन् । पोखरामा बसेको क्यानको बोर्ड बैठकले यी दुई सिनियर खेलाडीलाई कप्तान र उपकप्तानको रूपमा छनोट गरेको हो ।क्यानको छनोट समितिले कप्तानका लागि देव खनाल र गुल्सन झाको नाम पठाएको थियो भने उपकप्तानका लागि दिपेश कँडेललाई नाम सिफारिस...
काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्। युएसएडले जारी गरेको विज्ञप्तिअनुसार पावर फेब्रुअरीको पहिलो हप्तामै काठमाडौँ आउन लागेकी छन्। उनी आउने आइतबार काठमाडौँ आइपुग्ने अपेक्षा गरिएको छ।राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्ड नेपाल भ्रमणबाट सकेर फर्केको एक साता नबित्दै उच्च अमेरिकी अधिकारी नेपाल आउन लागेकी हुन्। नेपालमा रहँदा पावरले राजनीतिक...
पोखरा । गण्डकी प्रदेशका नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्षसहित सदस्यहरूले बुधबार शपथ लिएका छन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेल सदस्य द्वय डा.सुभाष अधिकारी र डा. शान्ताकुमारी खत्रीलाई शपथ खुवाएका हुन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको नियुक्तिको निर्णय गरेको थियो ।
काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिका-५ को सहिद पार्क नजिक मानव कंकाल भेटिएको छ । सहिद पार्क नजिक भिरालो जमिनमा भेटिएको उक्त कंकाल स्यालले खाईसकेको अवस्थामा हड्डी मात्रै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।स्थानीयवासीले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुरुषको लुगा भेटिएकाले कंकाल पुरुषको हुनसक्ने प्रहरी निरीक्षक खत्रीको...
काठमाडौँ । नेपाल टी–२० लिगका लागि व्यापारिक र रणनीतिक साझेदारी सम्झौता एकतर्फी रद्ध गर्ने विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसविरुद्ध नेपाल क्रिकेट सङ्घ (क्यान)ले कानूनी प्रक्रिया सुरु गर्ने योजना बनाएको छ ।मङ्गलवार क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई चिठ्ठी पठाएर सेभेन थ्रीले सम्झौता रद्ध गरेको जनाएको थियो । क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहका अनुसार क्यानले सेभेन थ्रीसँग नेपाल टी-२० को...
काठमाडौँ । रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहमति कार्यान्वयन गर्न दबाब दिन थालेको छ ।सरकार गठन हुँदाको सहमतिअनुसार पाएका मन्त्रालय रास्वपालाई नै दिन आग्रह गर्दै त्यसो नगरे सरकारबाट बाहिरिने जानकारी गराइएको हो ।‘विगतमा भएको सहमति कार्यान्वयन भएन भने रास्वपा सरकारमा बस्दैन,’ रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘प्रधानमन्त्रीले सहमति पालना गर्नु भएन भने घुस्रिएर सरकारमा बस्ने कुरा हुँदैन । कि...