यू-१९ एसियन क्वालिफायर्समा गुल्सन झाले नेपाली टिमको कप्तानी गर्ने

23

काठमाडौँ । आइसिसी एसियन क्वालिफायर्सका लागि गुल्सन झाले नेपाली टिमको कप्तानको जिम्मेवारी पाएका छन् । यस्तै दीपेश कँडेलले उपकप्तानको जिम्मेवारी पाएका छन् । पोखरामा बसेको क्यानको बोर्ड बैठकले यी दुई सिनियर खेलाडीलाई कप्तान र उपकप्तानको रूपमा छनोट गरेको हो ।

क्यानको छनोट समितिले कप्तानका लागि देव खनाल र गुल्सन झाको नाम पठाएको थियो भने उपकप्तानका लागि दिपेश कँडेललाई नाम सिफारिस गरेको थियो । गुल्सनले पहिलो पटक नेपालको लागि कप्तानी गर्ने भएका हुन् । गुल्सनले २०२१ सेप्टेम्बरमा १६ वर्षको उमेरमा युएईविरुद्धको एक दिवसीय खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । नेपाली टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, देव खनाल, उत्तम थापा मगर, सुवास भण्डारी, दीपक डुम्रे, विशाल केसी र मिलन बोहरा पनि छन् ।