उपमहानगरले हटायो करारका ७१ जना कर्मचारी

44

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई हटाएको नगर प्रमुख मिना कुमारी लामाले बताइन् ।

उपमहानगरपालिकामा चौथो तह, पाँचौँ तह र छैटौँ तहसम्मका ७१ जना कर्मचारी हटाएको हो । उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारी हटाइएको प्रमुख लामाले बताइन् ।

उनले भनिन्, ‘सरकारको निर्णय अनुसार नै कर्मचारी हटाएका हौ, बाकी केही कर्मचारी पदपूर्तिका लागी प्रदेशलाई भनेका छौ ।’ उनले अगाडी भनिन् ‘केही पदपूर्ति भइसकेको छ, बाकी बिस्तारै गर्दैछौ ।’ उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारीदेखि भर्खर नियुक्त भएका कर्मचारीहरू समेतलाई हटाइएको हो ।