लक्की फिल्मी अवार्डको तयारी सुरु

57

काठमाडौं । लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु भएको छ । फिल्म उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको तयारी स्वरुप आयोजकले प्रचारप्रसारको काम थालेका छन् ।

यहीक्रममा फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा प्रचार सामाग्री सार्वजनिक गरिएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ सर्जन डा. गंगा सापकोटा, फरेष्ट टेक्निसियनस् एसोसियसन अफ नेपालका अध्यक्ष गोविन्दराज पाण्डे, लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’, कार्यक्रम संयोजक राजेश शर्मा आचार्यले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । फिल्मी अवार्डका लागि तयार भएको स्टिकरलाई देशव्यापी रुपमा टासिने जनाइएको छ ।