रास्वपाका सभापति सापकोटाले दिए राजीनामा

148

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् ।  पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गरेका हुन् ।

सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको उनले बताए । आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनले बताए । अब आफू स्वतन्त्र रहने समेत उनले बताएका छन् ।